नयाँ दिल्ली – भारतमा कोरोना संक्रमितको संख्याले दिनहुँ रेकर्ड बनाइरहेको छ। शुक्रबार रातिसम्मको तथ्यांकअनुसार भारतमा २४ घण्टामा १ लाख ४४ हजार ८ सय २९ संक्रमित थपिएका छन्। कोरोना महामारी सुरु भएयता एकै दिन यति धेरै संक्रमित थपिएको पहिलो पटक हो।
त्यस्तै, २४ घण्टामा ७ सय ७३ जनाको मृत्यु भएको छ भने ७७ हजार मानिस निको भएका छन्। यसअघि बिहीबार १ लाख ३१ हजार ८ सय ७८ जना र बुधबार १ लाख २६ हजार २ सय ७६ जना संक्रमित भएका थिए।
हालसम्म भारतमा ९ करोड ७८ लाख मानिसलाई कोरोना खोप लगाइएको छ। शुक्रबारमात्र ३२ लाख १६ हजार मानिसलाई खोप लगाइएको थियो।
बढ्दो कोरोनालाई ध्यानमा राख्दै दिल्लीका सबै निजी तथा सरकारी विद्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ।
प्रकाशित मिति : शनिबार, चैत्र २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्