भारतमा एकैदिन तीन लाख २३ हजार बढीलाई कोरोना

भारतमा एकैदिन तीन लाख २३ हजार बढीलाई कोरोना

नयाँ दिल्ली -भारतमा एकैदिन तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस संक्रमित भेटिएका छन् । एकैदिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएको यो छैठौं दिन भएको बताइएको छ । कोरोना महामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ ।

यसैगरी यहाँ गएको २४ घण्टायता दुुई हजार ७७१ जनाको ज्यान गएको छ । त्यससँगै भारतमा कोरोनाबाट मात्र एक लाख ९७ हजार ८९४ जनाको निधन भइसकेको छ । यसरी भारतमा अहिलेसम्म कोरोनाबाट एक करोड ७६ लाख ३६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएको बताइएको छ ।

भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने हालसम्म एक करोड ४५ लाख ५६ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् । यहाँ गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म १४ करोड ५० लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोना भाइरस विरुद्धको खोप लगाउने क्रम पनि चलि नै रहेको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखिमात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा सोमबारमात्रै १६ लाख ५८ हजार ७०० जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २६ सम्म कुल २८ करोड ९७ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबैभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ । यहाँ सोमबार एकैदिनमा २० हजार २०१ जना थप व्यक्तिमा कोरोना देखिएको र ३८० जनाको मृत्यु भएको छ । दिल्ली कोरोना शुरु भएदेखि हालसम्म यसको संक्रमणका कारण १४ हजार ६२८ व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij