भारतमा एकैदिन कोरोना संक्रमित थपिने र मृत्यु हुने संख्या सर्वाधिक

भारतमा एकैदिन कोरोना संक्रमित थपिने र मृत्यु हुने संख्या सर्वाधिक

काठमाडौं – भारतमा एकै दिनमा कोरोना संक्रमित थपिने र मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै रेकर्ड भएको छ । पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ४ लाख १२ हजार कोरोना संक्रमित थपिए भने करिव ४ हजारको मृत्यु भएको हो ।

यो हालसम्मकै उच्च संख्या हो । यसअघि अप्रिल ३० मा पहिलो पटक एकैदिन संक्रमितको संख्या ४ लाख पार गरेको थियो ।

यसअवधिमा ४ लाख १२ हजार ६ सय १८ जनामा संक्रमण पुष्टि हुँदा ३ हजार ९ सय ८२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको ओल्डोमिटरले जनाएको छ ।

योसहित भारतमा कुल संक्रमितको संख्या २ करोड १० लाख ७० हजार पुगेको छ। मृतकको संख्या २ लाख ३० हजार नाघेको छ। उत्तर प्रदेश, कर्नाटका, हरियाणा, पञ्जाब, तमिलनाडु र महाराष्ट्र राज्यमा धेरै संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij