मुम्बई – अरब सागरमा विकसित भइ फैलिएको ‘ताउ ते’ चक्रवातका कारण भारतमा चार जनाको मृत्यु भएको छ । आज आएको चक्रवातका कारण कर्नाटकामा चार जनाको मृत्यु भएको हो ।
चक्रवातको असर कर्नाटका ७३ वटा गाउँमा परेको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले जनाएका छन् । साथै कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षातसमेत भएको छ । भारतीय मौसम विभागले पछिल्लो ३ घण्टामा यो चक्रवातले झन् तीव्र गति लिएको बताएको छ ।
त्यस्तै गुजरात र महाराष्ट्रसहित विभिन्न सात राज्य उच्च जोखिममा रहेका भारतीय अधिकारीहरुले बताएका छन् । यी स्थानहरुमा पछिल्लो २४ घण्टादेखि लगातार बर्षा भइरहेको बताइएको छ । कर्नाटकमा ९० किलोमीटर प्रतिघंटाको रफ्तारमा हावा चलिरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
चक्रबातबाट हुनसक्ने क्षतिलाई आंकलन गर्दै बृहन्मुबई नगर निगम (बीएमसी) को काविड सेन्टरबाट झण्डै ६ सय संक्रमितलाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै अन्य स्थानबाट पनि झण्डै सात सय संक्रमितलाई सुरक्षित स्थानमा लगिएको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्