काठमाडौँ – सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सीईओमा नियुक्त गरेको हो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सीसीएमसीको पुनर्गठन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशक समिति बनाएको छ । विशेष खालका मुद्दामा डिल गर्न विशेष एजेन्सी प्रभावकारी भएको अनुभवको आधारमा यस्तो व्यवस्था गरिएको भट्टराईले जानकारी दिए ।
यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । उपप्रधानमन्त्री पोखरेल अब प्रधानमन्त्री मातहतको निर्देशक समितिको सदस्य मात्र रहनेछन् । सीईओमा नियुक्त भएका शर्मासँग नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमान्डरको समेत भूमिका निर्वाह गरिसकेको अनुभव छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्