काठमाडौं – कोरोना भाइरसको महामारीकाबीच जारी निषेधाज्ञाकै बेला पनि सरकारले तीन वटा देशको हवाई उडान खुला गर्ने भएको छ ।
हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीन, टर्की र कतारका लागि सातामा एक दिन नियमित उडान जेठ १८ गतेदेखि खोल्ने निर्णय गरेको बताइएको छ । जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।
यसअघि सरकारले वैशाख २० गतेदेखि आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकमा हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्