नयाँदिल्ली – भारतमा एक दिनअघि नै भित्रिएको मनसुनी प्रणालीका कारण विभिन्न सहर जलमग्न भएका छन् ।
भारतीय मौसम विभागका अनुसार भारतमा सामान्यत: जुन १० तारिखमा मनसुन भित्रिने गरे पनि यसपटक एक दिनअघि नै भारी मात्रामा वर्षा भएको छ ।
वर्षाका कारण मुम्बईका अधिकांश स्थान जलमग्न भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मौसम विभागले आगामी पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै सुरक्षित रहन चेतावनी जारी गरेको छ ।
वर्षाका कारण पानी जमेपछि स्थानीय रेल सेवा ठप्प भएको छ । वर्षाका कारण केही स्थानमा ट्राफिक जामसमेत भएका छन् । आज पुणेमा पनि भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ । -तस्बिर : एबीपी न्युज
प्रकाशित मिति : बुधबार, जेष्ठ २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्