काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो आकारको मन्त्रिमण्डल बनाएका छन् । मोदीले बुधबार ३६ नयाँ मन्त्री क्याबिनेटमा थपेका छन् भने यसअघिको मन्त्रिपरिषदमा रहेका ७ राज्य मन्त्रीलाई मन्त्रीका बढुवा गरेका हुन् ।
योसँगै मोदीको मन्त्रिमण्डल ७८ सदस्यीय भएको छ । भारतीय मिडियाले दिएको जानकारी अनुसार यो भारतको इतिहासमै सबैभन्दा ठूलो मन्त्रिमण्डल हो । यसअघि मोदीको मन्त्रिमण्डलमा ५३ मन्त्री थिए । मन्त्रिपरिषद हेरफेर गर्नुअघि मोदीले १२ जना मन्त्रीलाई राजीनामा दिन लगाएका छन् ।
बुधबार राति मोदीले राष्ट्रपति कार्यालय अशोक हलमा १५ फूल मन्त्री र २८ राज्यमन्त्रीलाई शपथग्रहण गराएका हुन् । थपिएका मन्त्रीमा धेरैले पहिलोपटक मन्त्री बन्ने अवसर पाएका छन् ।
प्रकाशित मिति : बिहिबार, असार २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्