काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा सरकारी कोष १ खर्ब ४३ अर्ब रुपैयाँले घाटामा रहेको बताएका छन् । संसदमा आर्थिक श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो तथ्य सार्वजनिक गरेका हुन् ।
‘वि.स.२०७४ चैत्रमा तात्कालिन सरकारले जारी गरेको श्वेतपत्रमा सो आर्थिक वर्षको अन्त्यमा कोष रु.४८ अर्बले सञ्चित घाटामा रहेको उल्लेख छ,’ आर्थिक श्वेतपत्र प्रस्तुत गर्दै उनले भने, ‘तर त्यसमा सुधार आउनुको सट्टा यस्तो घाटा आर्थिक वर्ष २०७६/७७ मा रु.२ खर्ब १६ अर्ब पुगेको थियो । यसरी हेर्दा आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा कोष रु. १ खर्ब ४३ अर्बले घाटामा रहने देखिएको छ ।’
अर्थमन्त्री शर्माले अघिल्लो सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक श्वेत पत्रमा देशको वास्तविक भन्दा पनि अवास्तविक तथ्य सार्वजनिक गरेको आरोप लगाएका छन् ।
उनले अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न प्रतिस्थापन विधेयक चाडैं पेश गर्ने समेत जानकारी गराए ।
यस्तो छ अर्थमन्त्री शर्माले संसदमा प्रस्तुत गरेको आर्थिक श्वेत पत्रको पूर्णपाठ
प्रकाशित मिति : मंगलबार, साउन २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्