न्युयोर्कमा बाढी, आपतकाल घोषणा

न्युयोर्कमा बाढी, आपतकाल घोषणा

वासिंटन – अमेरिकाको न्युयोर्क सहरमा अविरल वर्षापछि बाढी आएको छ । बाढी आएसँगै त्यस क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।

न्युयोर्कका मेयर बिल डे ब्लासिओले अहिले सहरले ऐतिहासिक मौसमी घटनाको सामना गरिरहेको बताउँदै बाढी देखिएको क्षेत्र र सडकहरु जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् । न्युजर्सीमा बाढी आएपछि आपतकाल घोषणा गरिएको छ ।

न्युजर्सीमा बाढीका कारण एकजनाको मृत्यु भएसँगै आपतकाल घोषणा गरिएको हो । यस्तै न्यु ओर्लियन्समा अहिले रात्रिकालीन कर्फ्यु लगाइएको छ । बाढीकै कारण न्युयोर्कका अधिकांश सब-वे बन्द भएका छन् । रेलसेवा र हवाई उडानहरु पनि रद्द गरिएका छन् ।

हुरिकेन समुद्री आँधीका कारण न्युयोर्क, न्युजर्सीलगायत क्षेत्रमा भारी वर्षा भएको हो । मौसमविद्हरुका अनुसार त्यस क्षेत्रमा अझै धेरै वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
फाइल तस्बिर

प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij