काठमाडौं । भारतको तमिलनाडुमा आज (बुधबार) दिउँसो भारतीय पूर्वसेना प्रमुख (सीडीएस) विपिन रावत सवार हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । हेलिकोप्टरबाट तीन जनालाई उद्धार गरिएको छ । तीमध्ये दुई जनाको अवस्था सिकिस्त रहेको द टाइम्स अफ इन्डियाले जनाएको छ ।
हेलिकोप्टरमा पूर्वसेना प्रमुख (सीडीएस) विपिन रावत, अन्य सैनिक अधिकारी र सैनिक अधिकारीका परिवारका सदस्यहरु सवार थिए । दुर्घटना तमिलनाडुको निलगिरि जिल्लाको उँटीमा भन्ने ठाउँमा भएको हो ।
हेलिकोप्टरमा १४ जना सवार थिए । हेलिकोप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए ।
प्रकाशित मिति : बुधबार, मंसिर २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्