वासिंटन – संयुक्त राज्य अमेरिकामा आएको आँधी-बेहेरीमा परि करिब सयजनाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । अमेरिकाको अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायतका मध्य भागहरूमा शनिबार रातभरि ठूलो आँधी आएको थियो ।
रातभरमा कम्तीमा ३० वटा आँधीबेहेरी आएको अनुमान गरिएको छ । यसअघि अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहेरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको केन्टकीका गभर्नरले शनिबार पुष्टि गरेका थिए । स्थानीय समयानुसार शनिबार बिहानै सुरु भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उनले सञ्चारकर्मीहरूलाई बताए थिए ।
आँधीका कारण केन्टकीको एउटा मैनबत्ती कारखाना पूर्ण रूपमा ध्वस्त भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । आँधी आएको अवस्थामा मैनबत्ती कारखानामा करिब ११० जना व्यक्ति रहेका केन्टकीका गभर्नर एन्डी बेशिरले बताए ।
प्रकाशित मिति : आइतबार, मंसिर २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्