काठमाडौं – कोरोना संक्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीयान सहरमा लकडाउन गरिएको छ।
एक करोड ३० लाखभन्दा बढी जनसंख्या भएको शीयान सहरमा डिसेम्बर ९ यता १ सय ४३ जनामा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको हो। लकडाउनमा अब प्रत्येक घरबाट एक जनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउनेछन्।
चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ। महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ।
आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिक्स आयोजना गर्न लागेकाले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ। शीयानवासीहरु विशेष परिस्थितिमामात्र बाहेक तथा अधिकारीहरूबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउने छैनन्।
लकडाउन कहिलेसम्म जारी रहन्छ भन्नेबारे खुलाइएको छैन्। लामो दूरीका बस स्टेशनहरु बन्द भइसकेका छन् भने सहरतर्फ जाने मार्गमा जाँच चौकी बनाइएको छ। शीयान विमानस्थलबाट हुने धेरै उडान स्थगित भएका छन्।
अत्यावश्यक बाहेकका व्यापार व्यवसाय पनि बन्द गरिएको छ भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ। सरकारी अधिकारीहरुका अनुसार त्यहाँ कोरोनाको डेल्टा भेरियन्ट फैलिएको हो । ओमिक्रोन भेरियन्टका विषयमा केही उल्लेख गरिएको छैन्।
प्रकाशित मिति : बिहिबार, पुष ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्