JanataToday.com

Advertisment

SKIP THIS

घरमै बसीबसी बत्ती कातेर आर्यआर्जनको बाटो बनाउन सफल गृहिणी

घरमै बसीबसी बत्ती कातेर आर्यआर्जनको बाटो बनाउन सफल गृहिणी

तिलोत्तमा

स्याङजा फेदिखोलाकी माया सुबेदी रुपन्देहीको तिलोत्तमा वडा नं ३ जानकीनगरमा बस्न थालेको २५ बर्ष भयो । पहाडबाट तराइ झरे पनि श्रीमानको व्यवसाय राम्रै चलेकाले उनले कहिल्यै अभावमा जीवन गुजार्नु परेन । तर दुइ बर्ष अघि कोरोना महामारी सुरु भएपछि भने उनको परिवारका दुख्खका दिन सुरु भए ।कोरोना महामारी फैलिएपछि भएको लकडाउनले देश ठप्प भयो । उनका श्रीमान यातायात व्यवसायी हुन । महामारीले यातायात व्यवसाय पनि धरापमा पर्यो । गाडी ग्यारेजमाथन्कियो ।उनका श्रीमान बेरोजगार भए । आम्दानीको बाटो को रुपमा रहेको यातायात व्यावसाय पनि रोकियो । परिवारको गुजारा टर्न मुस्किल भयो । जहाँ समस्या त्यहाँ उपाय। कोरोनामहामारी र आर्थिक शंकटबाट मायाले हरेस भने खाइनन ।उनी कोरोना का कारण आइपरेको शंकट टार्न नयाँ उपायको खोजीमा लागीन । घरमै बसीबसी बत्तीकातेर आम्दानी गर्न सकिने भएपछि छिमेकका दिदीबहिनी मिलेर सोही काम गर्न लागे । अहिले उनी बत्तिकातेरै महिनाको पाँच देखी बाह्र हजारसम्म आम्दानी गर्छिन् । आम्दानी गरेको पैसा महिनामा दुई तीन हजार जसो तसो बचाएर सहकारीमा बचत गर्छिन्् । कुनै महिना त त्यहि पनि बचत नहुने मायाले बताइन् । बिगतमा परम्परागत रुपमा कपासबाट बत्ती कातेकी मायाले हिजो आज धागोबाट बत्तिकातेर त्यसैको आम्दानीले परिवारको गुजारा गर्ने गरेको बताउँछिन। शुरुका दिनमा बत्ति कात्दा उनलाई खर्चको जोहो टर्छ जस्तो लागेको थिएन । ‘तर विस्तारै बानी पर्दै गयो अहिले तदिनमा ४ देखी६ हजार सम्मबत्ति सजिलै कात्छु’ मायाले भनीन । त्यसरी कातेकाबत्ति छरछिमेक र साथीभाइमार्फत बिक्री गर्छिन । प्रत्यक्ष बत्ति किन्ने व्यक्ति नभेटिदा पुजा सामागैी पसलमापनि बेच्ने गरको मायाले बताइन । पूजा सामाग्री केन्द्रले थोरै मुल्यमा किनीदिने भएकाले सके सम्म बत्ति किन्नेहरुको खोजी गरी घरबाटै बिक्रिगर्ने गरेको उनले बताइन । हातमा सिप र जागर भए फुर्सदको समय सदुपयोग गरी आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण मायाले प्रस्तुत गरेकी छन । कोरोना कालमा लामो समय यातायात नचल्दा थला परेको व्यवसाय र लागेको रिन तिर्न अहिले उनी श्रीमानलाइ सघाइ रहेकी छन । सुरुका दिनमा एक्लै एक दुइ लाख बत्ति कात्न हम्मे हम्मे हुन्थ्यो तर अहिले कसैलाई पूजा आजामा बत्ति चाहिए भनेकै समयमा कातेर दिने गरेको उनले बताइन । त्यसरी बत्तीकातेर आम्दानी गर्नेमा माया एक्ली होइनन ।कोभिडको बेला व्यावसाय गुमाएर बसेकी कमला गिरीले पनिअहिले खाली समयको सदुपयोग गर्दै बत्ति कातेर आम्दानी गर्न थालेकी छन । बुटवलमा चियापसल संचालनगर्दै आएकी कमलाको पसल महामारीले बन्द भएपछि तीन छोराछोरीको पढाइ खर्च धान्न मुस्किल भयो । साँझबिहान छाक टार्नै मुस्किल भएपछि उनी पनि मायाले जस्तै बत्तिकातेर आम्दानी गर्न थालेकीहुन । बत्तिकातेर बेच्दा ठुलै आम्दानी नभए पनि खाली हात बस्नु भन्दा खाली समयको सदुपयोग पनि हुने आम्दानी पनिहुने भएकाले यो काम थालेको उनले बताइन । कोरोनाका बेला घरभित्रै बस्नु पर्दा आर्थिक समस्या संगै मानसीक िचन्ता समेत थपिएकाले धागोको बत्तिकातेर बेच्न थालेको उनी बताउछिन् । ५ बर्षपहिले नै श्रीमान गुमाएकी उनले बत्तिकातेर आएको आम्दानीले घर चलाउन सहजभएको बताइन । अहिले त छोरीले पनि सानो तिनो जागीरमा लागेकी छन । बत्तिबाट पनि केहीआम्दानी हुन्छ त्यसैले घर धान्न सहजभएको छ’ कमलाले भनीन ।घरमा लाखबत्ति बाल्ने पुजा लगाउनेहरु घरमै आएर बत्तिको अडर दिने गरेको कमलाले बताइन । विषेश गरी ब्रतबन्ध, वास्तुपुजा , ग्रहशान्ति जस्ता धार्मीक एवं पितृ कार्यमालाखबत्तिबाल्ने प्रचलन समाजमा बढदै गएकोपण्डित यज्ञ प्रसाद सापकोटाले बताए ।बत्ति बाल्ने प्रचलन बढेसंगै बत्तिको मागपनी बढेको छ । पछिल्लो समय कातेका बत्ति किनेर पुजाआजामा बाल्ने प्रचलन बढेसंगै माया र कमला जस्ता महिलाहरुले त्यसलाइ आर्यआर्जनको बाटो बनाउन सफल भएका छन । कामलाइ सानो ठुलो नभनी फुर्सदको समय सदुपयोग गर्न सके महिलाहरु पनि आम्दानी गरेर आत्मनिर्भर बन्न सक्छन भन्ने उदारहण हुन माया र कमला ।उनीहरु जस्तै अहिले तिलोत्तमा ३ का प्राय जसो महिलाहरुले बत्तिकातेर परिवारको जोहो टार्न थालेका छन । माया जस्तै कोरोनामहामारीको बेलाआपत परेकाहरुलाई उनले खाली बसेरभन्दा सानै भएपनि आयमूलक काम गर्न सुझाउछिन् । कोरोना महामारीमा परीवार संगै बस्न पाइएन उनी भन्छिन् श्रीमान घरमै स्याङजानै बस्नुभयो , मन त थियो नी संगै बस्ने तर पापी पेटले दिएन , गहभरी आँशु पादै भनिन् २ छोरा र एउटी बुहारी अनी म , म त भोकै बस्थें तर छोराछोरीको मायाले पोल्दो रैछ । घर बाहिर जाने वातावरण पनि छैन , घरमा खाने अन्नपनि छैन । घर बहालपनि मैनै पिच्छे थपिदै गयो । उसो त धागोबाट बत्तिकातेर सहजै घर खर्च त कहाँपुग्थ्यो र तै पनिजसो तसो २ छाक त टार्नै प¥यो । कोरोना महामारी पछिका दिनमा महिलाहरुले गरेको यो आर्थिक उर्पाजनको लागी भने कुनै उद्योगमादर्ता भने छैन , तिलोत्तमा ३ का वडाध्यक्ष टंक प्रसादतिवारी अहिले सम्म यो कामलाई व्यावसायमा अगाडी नबढाएको बताउछन् । उसो त तिलोत्तमा नगरपालीकामा कोरोना महामारीकै बेला आर्थिक बर्ष २०७६÷२०७७मा २३३ व्यावसाय दर्ता भएका छन् । कोराना महामारी केहि कम भए यता व्यावसायगर्ने दरमा पनि बृद्धी भएको छ । यस्तै गरी आर्थिक बर्ष २०७७÷२०७८ मा ३६४ व्यावसाय वडा कार्यालयमा दर्ता भएका छन् । व्यावसायदर्ता भए पनि धागोबाट बत्तिकात्ने व्यावसाय दर्ता नभएको तर आयआर्जन गरी जिबिकोपार्जन गर्ने कामहरुलाइ व्यावसायमा दर्ता गर्न असम्भब नभएको पनि उनले बताए । बत्तीलाई व्यावसायीक रुपमा व्यावसायीहरुले प्रथमिकताका रुपमा नलिदा बत्तिको मुल्य पनि निश्चित छैन । बत्तिको मुल्य शरामा भर पर्छ , तीन शरा देखि २१ शरा सम्मको बत्तिको माग हुन्छ तर तीन शराको बजारमा १५ सय रुपयामा एक लाख बत्ति बिक्रि हुन्छ भने जती शराको बत्ति हो त्यसको आधाका दरले बत्तिको मुल्य पछ । तर त्यहि बत्ति गाउँघरमा प्रत्यक्ष बिक्रि गर्दा जति शराको बत्ति हो त्यति नै हजारका दरले वा कहिँ बढी दरमा पनि उनिहरुले बत्ति बिक्रि गर्नै गर्दछन् । काम कहिल्यै सानो हुदैन भन्ने यी त केवल उदाहरण मात्रै हुन्, जीवनमा यस्तै स साना कामले पनि कहिले काँही ठूलो खुसी दिएको हुन्छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij