सेनालाई तयारी अवस्थामा रहन श्रीलङ्काका प्रधानमन्त्रीको निर्देशन

सेनालाई तयारी अवस्थामा रहन श्रीलङ्काका प्रधानमन्त्रीको निर्देशन

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको सुरक्षा अवस्था सुधार्नको लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिनुभएको छ ।

एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिङ्घेले देशमा अराजकता बढिरहेको भन्दै सेनालाई आफ्नो जिम्मेवारी पूरा गर्ने कामको लागि तयार रहन निर्देशन दिनुभएको बीबीसीले जनाएको छ ।

‘हामी संविधान च्यात्न सक्दैनौँ र देश अराजकतावादीलाई कब्जा गर्न पनि दिँदैनौँ, त्यसको लागि सेनालाई तयार रहन निर्देशन दिन्छु’ प्रधानमन्त्री विक्रमासिङ्घेले भन्नुभएको छ। प्रधानमन्त्रीले राजधानी कोलम्बोमा सेनाले आफ्नो सुरक्षा व्यवस्था लागू गर्न सक्ने सङ्केत दिनुभएको खबरमा उल्लेख छ ।

श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका छन् । यसअघि राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका प्रदर्शनकारीले आज प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालय पनि कब्जा गरेका हुन् ।

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुग्नुभएको छ ।

 

 

प्रकाशित मिति : बुधबार, असार २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij