मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको ज्यान गयो : एक जना बाँच्न सफल

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको ज्यान गयो : एक जना बाँच्न सफल

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको ज्यान गएको छ । यो दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् ।

उत्तरी मेक्सिकोमा लागुऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको सैनिक हेलिकप्टर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको मेक्सिकोको नौसेनाले जनाएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो।

अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले राफेललाई सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यो विषयलाई लिएर मेक्सीको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।

प्रकाशित मिति : शनिबार, असार ३२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij