६० जिल्लामा डेंगु देखियो, एक महिनामै ४ सय बिरामी

६० जिल्लामा डेंगु देखियो, एक महिनामै ४ सय बिरामी

काठमाण्डौ ।

बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनादेखि अर्थात् छ महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको छ । यद्यपि गएको एक महिनामै थप ४ सय केस थपिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा गोकर्ण गौतमले सोही अवधिमा ६० जिल्लामा डेंगुका केस भेटिएको बताउँछन् ।

यसै गरी राजधानीका तीन जिल्लामध्ये ललितपुरमा १३७, काठमाडौँमा ४७ वटा केस देखिएको छ । डा। गौतम भन्छन्, ‘काठमाडौँमा यो वडा यो ठाउँका बिरामीलाई डेंगु भएको भन्ने आधार छैन । अस्पतालमा उपचार गराउन कहाँ कहाँबाट अस्पताल उपचार गराउन आइपुग्छन्, त्यसैको तथ्याङ्क हो ।’

ललितपुर जिल्लामा पहिलो केस असार ९ गते देखिएको थियो । महालक्ष्मीस्थान, थसिखेल, खुमलटारका विभिन्न स्थानमा गरी १३७ जनामा डेंगु देखिएको हो ।

अघिल्लो वर्ष ५३० जनामा डेंगु पुष्टि भएको थियो । अहिले भने सात महिनाको अवधिमा झण्डै साढे ७ सय जनामा डेंगु पुष्टि भएको छ ।

प्रकाशित मिति : बुधबार, साउन २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij