काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण एकै दिन पाँच जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण पाँच जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही समय मृत्यु हुने क्रम रोकिए पनि पछिल्लो समय बढिरहेको छ । कोरोनाका कारण अहिलेसम्म नेपालमा ११ हजार नाै सय ८२ जनाको ज्यान गइसकेको छ ।
यस्तै थप आठ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ३४ जनाको नमुना परीक्षण गर्दा आठ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।
यही अवधिमा चार सय ७६ जना सङ्क्रमित निको भएका छन् । यस्तै काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर पाँच हजार आठ सय ६९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३१ हजार सात सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, साउन २६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्