चीनमा गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् ।
भूकम्पले सञ्चारसम्पर्क विच्छेद हुनुका साथै पहाडमा पहिरो गएको छ । गएको हप्ता सिचुआनको राजधानी चेङ्डुकाका झण्डै २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो ।
भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २ सय २६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको ज्यान गएको छ ।
भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्