बुटवल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले नै भन्सारमा सुन तस्करीको तमासा गरीरहेको आरोप लगाएका छन । एमाले लुम्बिनी प्रदेश अधिवेशनको आज बुटवलमा उदघाटन गर्दै ओलीले सरकारले एमाले बिरुद्ध आरोप लगाएर गलत प्रचार गर्ने तर भ्रष्टाचारमा संलग्न सत्तारुढ दलका नेता र आफ्ना आसेपासेलाइ गुपचुप बनाउने काम गरीरहेको आरोप लगाएका हुन ।
सुन तस्करीमा संलग्न सत्तारुढ दलका नेताको बयान समेत नलिएको भन्दै ओलीले भने ‘भ्रष्टाचारतीरको मेरो अभियान रोकिन्न भने हुन्छ,बिरुद्ध हटाए हुन्छ’ । साढे ९ किलो सुन आयो र हरायो रे, फेरी भेटियो,जसले एउटा आइटममा क्विन्टलका क्विन्टल सुन ल्याउँछ, तर सरकारले अनुसन्धान गर्न सक्दैन, कति घिनलाग्दो तामासा’ उनले भने । अहिलेको सरकार भ्रष्टाचार बिरोधी नभइ भ्रष्टाचार मैत्री रहेको उनले बताए ।
पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले देशमा भएका ठुला भ्रष्टाचारमा आफनो पार्टीको कुनै संलग्नता नभएको दावी गर्दै सके छानविन गरेर देखाउन सरकारलाइ चुनौती समेत दिए । यती, वाइडबढी,ललिता निवास जस्ता प्रकरणमा एमालेको नाम जोडेर बदनाम गर्न खोजीएको भन्दै उनले बरु त्यसमा काँग्रस माओवादीको संलग्नता भएको जिकिर गरे । यति प्रकरणलाइ दरबारको पालादेखि खोजेर ल्याउनु पर्ने उनको भनाइ थियो ।
‘दरबारले विदेशीलाइ भाडामा दिइएको गोकर्णको जंगल नेपालीले पाउनु पर्छ भन्ने लडाइमा ठुला घरानाको लडाइ पर्दा सोझो शेर्पाले बढी पैसा तिरेर आफनो नाममा ल्याएको हो’ उनले भने । यति होल्डिङ्गलाइ क–कसका पालामा दिइयो भनेर खोजी गर्न चुनौती दिँदै ओलीले भने ‘सुशील कोइराला प्रधानमन्त्री हूँदा विदेशीबाट यति होल्डिङ्गसले लिन पाउने निर्णय भयो,दरबार मार्गको भवन पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला लिजमा दिइयो,सोल्टी होटल छेउको जग्गा दिने शेरबहादुर देउवा हुन’ । एमालेलाइ सतही आरोप नलगाउन चेतावनी दिदै ओलीले वाइडबडी काण्ड खोजेर जेल जान पनि सुझाव दिए । ललिता निवास प्रकरणमा पनी आफनो पार्टीको संलग्नता नभएको भन्दै कोही संलग्न पाइए एमालेमा नरहने बताए । उनले ललिता निवास प्रकरणमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाइ चोख्याउन खोजेको आरोप लगाए ।
। एमाले बाहेक कसैलेपनि देशको नेतृत्व गर्न नसक्ने भन्दै उनले गठबन्धन सरकारसंग देश र जनताकालागि कुनै खालको भिजन नभएको दावी गरे । एमालेका पालामा भएको विकास निर्माणका कामहरु सबै ठप्प भएको भन्दै उनले बर्तमान सरकारले बबुलको रुख रोपेर स्याउ खोज्ने गरेको बताए ।
ओलीले लुम्बिनीको नतृत्व सर्वसम्मत बनाउन प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुलाइ निर्देशन समेत दिए । पार्टीको नेतृत्वमा धेरै नेताहरु लुम्बिनीबाटै रहेको भन्दै उनले आपसी समझदारीमा नेतृत्व टुंगो लगाउन मञ्चबाटै आग्रह गरेका थिए । थुप्रै नेताहरु रहेको प्रदेशमा हल्ला चलाइए जस्तो विवाद बाहिर आउन नहुँने भन्दै सहमतीको निर्देशन दिए । ‘तपाइहरु आज बसेर सहमती गर्नुस, म भोली घोषणा गरेर जान्छु’ओलीले भने लुम्बिनीबाट सिंगो देशबासीलाइ ,पार्टी कमिटिलाइ सन्देश दिनु पर्नेछ यो पार्टीको क्लियरक कुरा हो’ ।
प्रकाशित मिति : शनिबार, भाद्र १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्