दुरदर्शी महिला कृषि सहकारी संस्थाको ८ औ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन

दुरदर्शी महिला कृषि सहकारी संस्थाको ८ औ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन

बुटवल -पछिल्लो समयमा सहकारी संस्थाहरु कालोधनलाई सेतो बनाउने माध्यमका रुपमा प्रयोग हुन लागेकोप्रति
जिल्ला सहकारी संघ रुपन्देहीका महिला उपाध्यक्ष टीका न्यौपानेले आपत्ति जनाउनुभएको छ। दुरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेड रुपन्देहीले बुटवलमा गरेको आठौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले बैंकहरूले थोरै रकममा पनि स्रोत खुलाउनुपर्ने नियम लागु गरेकाले स्रोत नखुलेको त्यस्तो रकमलाई देशका ठूलो ओहदामा रहेका व्यक्तिहरूले सहकारीमा राख्ने गरेको र यसबाट सहकारी संचालकहरु सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो । यस्तै सहकारी विकास बैंक बुटवल शाखा प्रमुख नारायण बेल्बासेले रुपन्देहीमा रुपन्देही बाहिरबाट दर्ता भएका सहकारीहरुको कारण ले यहाँ राम्रो सँग काम गरेका सहकारीमा पनि शेयर सदस्य हरुले नबुझी शेयर फिर्ता माग्न जाने क्रम बढेकाले आफूले लगानी गरेको सहकारी कस्तो अवस्थामा छ भनेर शेयर सदस्यहरुले जानकारी राख्नुपर्ने बताउनुभयो । सहकारीहरुले जुन सिद्धान्तले सहकारी स्थापना गरेका छन् त्यही स्थापनाको लक्ष्यलाई आत्मसात गर्दै आफ्ना शेयर सदस्यहरुलाई ऋण खोज्ने ठाउँ मात्र नगराई आयआर्जन जोड्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।
साधारणसभामा संस्थाका अध्यक्ष मीनाकुमारी कार्कीले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष ७९/८०० को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अवसरमा संस्थाका जेष्ठ सदस्य तथा पूर्व कर्मचारी र कर्मचारीहरुलाई कदर पत्रले सम्मान गरिएको थियो । साधारण सभा तथा अधिवेशनले पुनः मीनाकुमारी कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ । जसको उपाध्यक्षमा शोभा रानामगर कोषाध्यक्षमा आरति बराल सचिव सुमित्रा बराल सदस्यहरु आन्जु थापा, लीला भण्डारी, सरस्वती तिमिसेना, सुनीता सेन ओली, लक्ष्मी बस्नेत, कल्पना विष्ट र गिता घिमिरे चयन हुनु भएको छ ।

प्रकाशित मिति : शनिबार, असोज २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij