लुम्बिनीका कर्मचारीले ३ दिनकाे तलब भूकम्प पीडितलाई दिने

लुम्बिनीका कर्मचारीले ३ दिनकाे तलब भूकम्प पीडितलाई दिने

दाङ – लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले जाजरकाेट, रुकुम पश्चिमलगायत क्षेत्रका भूकम्प पीडितलाई राहत दिने भएका छन् ।

प्रदेशमा कार्यरत सबै कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको तलब भूकम्प पीडितलाई दिने निर्णय भएकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव यमकान्त पाण्डेले जानकारी दिनुभयाे । आज बुधवार बसेको सचिवस्तरीय निर्णयअनुसार ११ औँ तह वा त्याेभन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत छैटाैँदेखि १० औँ तह वा त्याे सरहसम्मका कर्मचारीले दुई दिनको तथा सहायक स्तर र तहविहीन कर्मचारीले एक दिनको तलब भूकम्प पीडितलाई दिने भएका हुन् ।

कर्मचारीले दिने रकम कर्णाली प्रदेश सरकारको विपद‍् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय भएकाे प्रमुख सचिव राधिका अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बुधबार, कार्तिक २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij