प्रधानमन्त्री प्रचण्डले भाेलि दिउँसाे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले भाेलि दिउँसाे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मङ्गलवार दिउँसाे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मङ्गलवार दिउँसाे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारमा रहेकाे प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । प्रचण्ड विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उहाँले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : सोमबार, पुष ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij