बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

काठमाण्डौ – सरकारले बालकुमारी घटनामा मारिएका २ जनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै घटनामा घाइते भएकाहरुको उपचारमा लागेको सबै खर्च सरकारले बेहोर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

यस्तै सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै प्रहरी वृत्त सातदोबाटोका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गरेको छ । यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालय तानिएको छ ।

त्यस्तै, ईपीएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । हिजो ईपीएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए । त्यसपछि तनावग्रस्त बनेको बालकुमारी क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । घटनामा २३ वर्षका सुजन रावत र २२ वर्षका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij