काठमाण्डाै – दुई युवाको ज्यान जाने गरी गएको शुक्रवार बालकुमारीमा भएकाे घटनाकाे अनुसन्धान गर्न सरकारले आज उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । अहिले बिहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठनको निर्णय गर्न लागेको हो ।
यसअघि गृह मन्त्रालयले घटना भएकै दिन शुक्रवार नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर समितिमा पीडित पक्षको प्रतिनिधित्व नभएको भन्दै मृतकका परिवारले प्रधानमन्त्रीलाई भेटेरै न्यायिक आयोगको माग गरेका थिए ।
पीडित पक्षको माग सम्बोधन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयको तर्फबाट आयोग गठनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा जानेछ । बालकुमारी घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ ।
प्रकाशित मिति : सोमबार, पुष १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्