लुम्बिनी एक्स्पो :परम्परागत प्रविधिमा आधारित उखु पेल्ने कोल लोकप्रिय

लुम्बिनी एक्स्पो :परम्परागत प्रविधिमा आधारित उखु पेल्ने कोल लोकप्रिय

बुटवल-उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने कुरा अधिकांश स्थानमा पछिल्ला पुस्ताका लागि एकादेशको कथा जस्तै बनिसकेको छ ।पाखा बारीभरी लगाएको उखु पेलेर पकाउनका लागि रसेटो बस्ने परम्परा पनि हराइसकेको छ ।बुटवलमा जारी लुम्बिनी एक्स्पो मा भने विगतमा गर्ने गरिएको कोल मार्फत उखु पेल्ने र रस निकाने लोप नै भइसकेका अवस्थामा खुदोसँग जोडिएको गाउँको इतिहास मेलामा प्रदर्शनमा राखिएको छ ।
रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गते देखि बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेला महोत्सवको मञ्चको नजिकै गुल्मीका ७८ वर्षीय वृद्ध लेखनाथ ज्ञवाली घाममा बसेका छन् ।

उनको वरिपरि दुई वटा गोरु घुमिरहेका छन् । ज्ञवाली कोलमा उखु हाल्दै बसेका छन भने अर्घाखाँचीका बिष्णु अर्यालले गोरु खेदिरहेका छन् । यो दृश्यले मेला अवलोकनका लागि आएका धेरै दर्शकको ध्यान आकर्षित गराएको छ ।

रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलामा परम्परागत उखु कोल र रसेटोले दर्शकको ध्यान तानेको हो ।

हिपत ९हिमाल पहाड तराइ० फुड प्रोडक्सनले परम्परागत उखु कोल र खुदो पकाउने रसेटो नयाँ पुस्तालाइ देखाउने उद्देश्यले मेलामा राखेको हो । यो स्टलमा तताई राखेको तातोखुदो खान आउनेको संख्या बढिरहेको सञ्चालक हरिप्रसाद अधिकारीले बताए ।

बिदेशको बसाइ त्यागेर स्वदेशमै हिपत उद्योग संचालन गरेका अधिकारीले पुरानो प्रविधिका बारेमा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले उखु पेल्ने कोल, हलमा नारिएका गोरु र खुदो तताउने रसेटो सहितको स्टल मेलामा राखिएको र यसले मेलामा आउने नयाँ पुराना पुस्ताको ध्यान केन्द्रित गरेको उनले बताए । उनका अनुसार उखु खेतीसँगै खुदो उत्पादनसँग जोडिएको यहाँको इतिहासलाई जोगाउँदै आम नागरिकलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने सोचका साथ यो कार्य गरेको बताए ।

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको मेलाले यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन् । लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन, उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न मेलाले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन् ।

प्रकाशित मिति : मंगलबार, पुष १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij