वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा सरस्वती पूजन समारोह सम्पन्न

वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा सरस्वती पूजन समारोह सम्पन्न

वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा सरस्वती पूजन समारोह सम्पन्न भएकाे छ । बुधबार विशेष सांस्कृतिक कार्यक्रमसहित विद्याकी देवी सरस्वतीकाे पूजा गरिएको हाे । एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गणेश , सरस्वती भजन र नृत्य प्रस्तुत गरिएकाे हाे । एकेडेमीले बेसिक , सिनियर बेसिक र इन्टरमिडियट तहका परीक्षाकाे नतिजासमेत सार्वजनिक गरेकाे हाे। नृत्यमा बेसिक तहकाे परीक्षामा सहभागी भएका १२ जना मध्यबाट प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियो । बेसिक तहकाे नृत्यतर्फ पिया सारू प्रथम भएकी छन् । त्यसैगरी प्रशंसा पाैडेल दाेस्राे र अायुसा बरालले तेस्रो स्थान प्राप्त गरेकी छन् ।
त्यसैगरी सिनियर बेसिकमा सहभागी १० जनामध्ये दिया सुवेदीले प्रथम स्थान प्राप्त गरेकी छन् । त्यसतै रित्तिका ज्ञवालीले दाेस्राे र दियान्सा सापकोटाले तेस्रो स्थान प्राप्त गरेकी छन् ।
गत माघ २७ गते मिलन कला केन्द्रकाे अायाेजनामा सम्पन्न भएकाे पावर अफ ट्यालेन्ट साे मा एकेडेमी मै अध्ययनरत विद्यार्थी जुनियरतर्फ दाेस्राे हुन सफल दियान्सा सापकोटा र तेस्रो स्थान प्राप्त गर्ने सिरिशा राेकालाई प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे । त्यस्तै सिनियरतर्फ प्रयुशा श्रेष्ठलाई पनि सम्मान गरिएकाे थियो । त्यस्तै लुम्बिनी एक्पाे २०८० काे डान्स अाइडियमा द्वितीय हुन सफल अारेही काउचालाई पनि प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे
कार्यक्रममा बाेल्दै एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठले विद्याकि देवी सरस्वतीकाे पूजा गर्ने पवित्र दिनमा शिक्षाकाे गरिमा र बाैदिक विकासकाे अावश्यकता जनजनलाई बुझाउन सरस्वती पूजा गर्ने परम्परा रहेकाे बताइन् । याे दिनमा यसरी कार्यक्रम गर्न पाउँदा खुसी लागेकाे बताउँदै एकेडेमीलाई सदैव माया गर्न अाग्रह गरिन् । करिब तीन दशकबाट वागेश्वरीले विभिन्न विधामा कक्षाहरू सञ्चालन गर्दै अाएकाेसमेत बताइन् । कार्यक्रममा एकेडेमीका कार्यालय प्रमुख व्यवस्थापक दावा शेर्पा (दर्पण )ले स्वागत गरेका थिए ।
साथै यही फागुन ६ गतेबाट एकेडेमीमा साहित्यकार विजय मल्लद्वारा लिखित  काेही किन बर्बाद हाेस् नाटककाे मञ्चनसमेत हुने एकेडेमीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij