११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा बुटवलमा बृहत रक्तदान कार्यक्रम गरिएकाे छ । बिहिबार नेपाल स्वयमसेवी रक्तदाता समाज रूपन्देही शाखाको अायाेजनामा रक्तदान कार्यक्रम गरिएकाे हाे । महिलामा लगानी :सभ्य र समुन्नत समाजकाे थालनी भन्ने नाराका साथ मनाइएको साे दिवसमा महिला मात्रै अावद्ध रहेका बुटवलका करिब २० संघसंस्थाकाे समन्वयमा गरिएको कार्यक्रममा महिलाहरूकाे उत्साहजनक सहभागिता रहेकाे थियाे । रक्तसञ्चार सेवा केन्द्र बुटवलकाे प्राविधिक सहयाेग रहेकाे कार्यक्रममा १२० युनिट रगत संकलन भएकाे कार्यक्रम संयाेजक जानकी नेपालले बताइन् । कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज रूपन्देहीको साथै तिलाेत्तमा शाखा , परावर्तन सामाजिक उद्ममी सहकारी संस्था , नारी बहुउद्देश्यीय सहकारी संस्था , दुरदर्शी महिला कृषि सहकारी संस्था , बुटवल लेडी जेसीज , महिमा ज्याेति चर्च , लायन्स क्लव अफ भृकुटी टाउन मनकामनाकाे सहभागिता रहेकाे थियाे । साथै नमुना महिला बचत तथा ऋण सहकारी संस्था , सञ्चारिका समूह नेपाल रूपन्देही , कृयाशिल पत्रकार महिला रूपन्देही , लायन्स क्लव अफ बुटवल देउराली साँकुरा , इनरह्विल क्लव अफ तिलाेत्तमा , लायन्स क्लव अफ शंकरनगर वाटिकाकाे समूहले पनि रक्तदान गरेकाे थियो । भने स्वास्थ्य अामा समूह कालिकानगर टाेल नम्बर १ , सृजनशिल मेडिसिन एन्ड सर्जिकल महिला समूह , नेपाल व्युटिसियन संघ तिलाेत्तमा नगर समिति , लायन्स क्लव अफ तिलाेत्तमा मेरिगाेल्ड , इनरह्विल क्लव अफ बुटवल र इनरह्विल क्लब अफ बुटवल जितगढीकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे समाजले जनाएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समान अवसर र समान अस्तित्वका लागि महिलाहरू उत्पादनमूलक र क्षमता विकासका काममा केन्द्रित हुनुपर्ने बताइन् । उनले महिलाले सामाजिक भावनाले रक्तदान गर्नू आफैमा सकरात्मक भएको बताइन् । त्यस्तै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्यालले २१ औं शताब्दीमा पनि महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताउँदै महिलाहरुलाई रोजगारसँग जोड्न आवश्यक रहेको बताए । स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले रक्तदानमा महिला सहभागिता बढ्नु सकरात्मक भएको बताउँदै रक्तदान जस्तो महान कार्यमा सहभागी भई सकारात्मक सन्देश दिने सबैलाई सम्मान व्यक्त गरे । कार्यक्रम संयोजक जानकी नेपालले रक्तदानलाई बुटवलको संस्कृति नै बनाएर यस्ता कार्यक्रम आयाजना गरिएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्