बुटवल लेडी जेसिज वर्ष २४ को आयोजनामा भाषण कला तालिम सम्पन्न

बुटवल लेडी जेसिज वर्ष २४ को आयोजनामा भाषण कला तालिम सम्पन्न

बाेलीकाे विकासका लागि बुटवलमा प्रभावकारी भाषण कला तालिम सम्पन्न भएको छ । बुटवल लेडी जेसिज वर्ष २४ काे अायाेजनामा शनिबार तालिम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष , बुटवल जेसिजका पूर्व अध्यक्ष जेसिअाई सिनेटर अनुपमान सैँजुले जेसिज सामाजिक सेवामा समर्पित संस्था भएको बताए । उनले जेसिज सामाजिकसँगै हरेक व्यक्तिको प्रतिभा प्रष्फुटन गराउने माध्यम भएकाे बताउँदै हरेक सदस्यले अार्थिक पक्षलाई बलियाे बनाउनु पर्ने बताए ।

प्रशिक्षक रमेश अर्यालले जेसिजमा व्यक्तित्व विकासकाे साथै अार्थिक विकास पनि गर्न जरूरी रहेकाे बताए । उनले अघि बढ्नका लागि लगानी गरिसकेपछि सर्वप्रथम प्रतिफल पनि पाउनै पर्ने बताए । सिद्धार्थ लेडी जेसिज , शुद्धाेधन जेसिज , रामग्राम लेडी जेसिज , सुनवल जेसिजकाे समन्वयमा कार्यक्रम भएकाे थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष तिला पाण्डे , शुद्धाेधन लेडी जेसिजका अध्यक्ष रूपा पराजुली , सिद्धार्थ लेडीका अध्यक्ष किस्ना तिवारी , पूर्व अध्यक्षहरू राधिका पाेखरेल , अनुपमा श्रेष्ठ , कमला लम्साललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत गर्दै बुटवल लेडी जेसिज वर्ष २४ का अध्यक्ष संगीता ढकालले व्यक्तित्व र नेतृत्व विकास गर्नका लागि संयुक्तरूपमा तालिम गरिएको बताइन् ।

बिनुदेवी रिजालले अास्था पाठ गरेकाे कार्यक्रममा मिसन र भिजन अपूर्वा खनालले प्रस्तुत गरेकी थिइन् ।
महासचिव रूपा श्रेष्ठले सञ्चालन गरेकाे कार्यक्रममा रामग्राम लेडी जेसिजमा अध्यक्ष विनिता खड्काले धन्यवाद व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij