तिलोत्तमा १ मा एक महिने किशोरकिशोरी आत्मरक्षा तालिम सम्पन्न

तिलोत्तमा १ मा एक महिने किशोरकिशोरी आत्मरक्षा तालिम सम्पन्न

रूपन्देहीको तिलाेत्तमा १ मा एक महिने किशोरकिशाेरी अात्मरक्षा तालिम सकिएको छ । वडा नम्बर १ का वडा बाल सञ्जाल र बाल समूहका लागि सञ्चालन गरिएको तालिमकाे शुक्रबार समापन गरिएको हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष फर्सुराम गिरीले किशोरीहरूलाई शारीरिकरूपमा सबल बनाउनका लागि याे तालिम दिइएको बताए । उनले वडाले दिने हरेक कार्यक्रममा सम्बन्धित सहभागीले उत्साहपूर्वक तरिकाले सहभागिता जनाउन जरुरी रहेको बताउँदै अाफ्नाे रक्षाका याे तालिम दिइएको बताए । अध्यक्ष गिरीले सबैभन्दा पहिले मानिस स्वस्थ रहन जरुरी रहेकाे बताए ।

एक महिने साे तालिममा वडाका ५० जना किशोरीहरूकाे सहभागिता रहेकाे थियो । गत महिनाबाट सुरु भएकाे तलिममा प्रशिक्षक केबि रानाले प्रशिक्षण दिएकाे कार्यक्रम संयाेजक तथा वडा सदस्य मिलन रानाले बताए । कार्यक्रममा वडा सदस्य गितादेवी न्याैपाने , हिरादेवी बिक , विष्णुप्रसाद पाण्डेलगायले बाेलेका थिए । कार्यक्रम वार्षिक कार्यतालिका याेजनाअनुसार गरिएको हाे ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij