काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने हुनुभएको छ । कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदको सामना गरेर विश्वासको मत दिने धारणा राख्नुभएको हो ।
बैठकमा पार्टीका नेताहरूले पनि लोकतान्त्रिक प्रक्रियाअनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए । प्रधानमन्त्रीले संसदमा विश्वासको मतको सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलहरूसँग कुराकानी गर्दै अगाडि बढ्ने भन्ने निर्णय भएको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
कांग्रेस–एमालेको सत्ता समीकरणले संविधान संशोधन गर्ने सहमति गरेर २०४७ सालको संविधान बिउँताउने षड्यन्त्र गरेको भन्दै माओवादी बैठकले आपत्ति जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असार १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्