काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ ।
शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले १७ असारमा भएको कांग्रेस एमालेबीच नयाँ सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गरेको छ ।
राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण, विकास निर्माणलाई तिब्रता, राजनीतिक स्थिरता, संविधान संशोधन र अर्थतन्त्र बलियो पार्ने उद्देश्यका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको कांग्रेसको भनाइ छ । ‘‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ’ कांग्रेस संसदीय दलको निर्णयमा भनिएको छ ।
कांग्रेसले एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार बनाउने सहमति भइसकेकाले २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डबान भएका कारण जनजीवन कष्टकर भएको भन्दै कांग्रेसले नागरिकको जीवन सहज बनाउन सरकारलाई आग्रह गरेको छ ।
प्रकाशित मिति : शनिबार, असार २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्