काठमाडौँ : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आजसम्म ८८ जनाको मृत्यु भएको छ।
नेपाल प्ररहीका अनुसार काठमाडौँ उपत्यकामा १, कोशी प्रदेशमा १९, मधेश प्रदेशमा ४, बागमती प्रदेशमा ५, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ गरी जम्मा ८८ जनाको मृत्यु भएको हो। देशभर गरेर अहिलेसम्म १०६ जना घाइते भएका छन्।
प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ जनागरी ५३ जनाको उद्धार गरिएको छ। बाढी पहिरोमा परी कोशी प्रदेशमा २, बागमती प्रदेशमा २, गण्डकी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी ६ जना बेपत्ता भएका छन्।
बाढीका कारण १७६ घर डुबानमा परेका छन्। विपद्का घटनाबाट ३ हजार ४६२ परिवार विस्थापित भएका छन्।
प्रकाशित मिति : बिहिबार, असार २८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्