बुटवल बसपार्कमा सुविधासम्पन्न स्नान गृह सञ्चालनमा

बुटवल बसपार्कमा सुविधासम्पन्न स्नान गृह सञ्चालनमा

बुटवल-बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नान गृह सञ्चालनमा आएको छ । नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो ।

स्नानगृहको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । उनले नयाँ बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यका साथ सुविधासम्पन्न स्नानगृह सञ्चालनमा ल्याएको बताए । उनले बसपार्कमा हाईमास्ट लाइट, क्यान्टिन, चार्जिङ स्टेशन, कोशेली घर र बहुतले पार्किङ भवन निर्माण हुने बताए ।

‘हाईमास्ट लाइट जडान भइसकेर परीक्षणको क्रममा रहेको छ, विद्युतीय गाडीहरुको चार्जिङ स्टेशन सञ्चालनमा आएका छन्–उनले भने, ‘क्यान्टिन अब छिट्टै सञ्चालन हुनेछ भने कोशेली भवन र पार्किङ भवन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ।’

उनले बसपार्क सुरक्षित र सुविधासम्पन्न हुनुपर्ने भन्दै त्यसअनुसारका सुविधाहरु थप गर्दै लगेको बताए । ‘बसपार्कको सरसफाई गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई हामीले छिटै नै अगाडि बढाउँछौं, उनले भने–बसपार्कलाई सफा राख्ने र सुरक्षित राख्ने काममा यहाँका समितिहरु पनि उत्तिकै सक्रिय हुन जरुरी छ ।’ उनले सरसफाइमा नियमित रुपले खटिन व्यवसायीहरुलाई आग्रह गरे।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बसपार्क सुधार गर्ने बुटवल उपमहानगरपालिकाको अभियान राम्रो भएको बताए । उनले बसपार्कलाई व्यवस्थित बनाउनका लागि आफूहरुको साथ रहने बताए ।

बसपार्कमा निर्माण भएको स्नानघरमा ११ वटा शौचालय, १७ वटा युरिनल, ४ वटा बाथरुम तथा २ वटा बालमैत्री, २ वटा अपांगमैत्री शौचालय रहेका छन् ।

स्नान गृहमा मौसमअनुसार चिसो तातोपानीका लागि सोलार प्यानल जडान गरिएको र शौचालयको फोहोरबाट बायोग्यास उत्पादन गरी स्नान गृहको उपयोगमा ल्याउने गरी व्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिकाका इञ्जिनियर रुक्मागत बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, साउन ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij