JanataToday.com

Advertisment

SKIP THIS

रूपन्देही सुपरलिगः ‘ए’ डिभिजनका खेल सुरु, वेष्टर्नको विजयी सुरुवात

रूपन्देही सुपरलिगः ‘ए’ डिभिजनका खेल सुरु, वेष्टर्नको विजयी सुरुवात

भैरहवा,

रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेलहरु सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलहरु भएका थिए । नेपाल सुपर लिगका कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेलहरु पछि धकेलिएका थिए । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु ‘ए’ डिभिजनको पहिलो खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरी क्लबलाई ४५ रनले पराजित गर्दै वेष्टर्नले विजयी सुरुवात गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ३२ ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यमस्तरको योगफल बनायो । उसका लागि भुवन पाण्डेले २८, निरकुमार गुप्ता र अभिषेश गौतमले समान २०–२० तथा इशान पाण्डेले १६ र देव खनालले १२ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका शाहब आलम, अजयकुमार चौहान र शंकर रानाले २–२ तथा शेहजाद आलमले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले २८ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ९४ रन बनायो र हार ब्यहोर्यो । उसका लागि शंकर रानाले सर्वाधिक २२ रन बनाउँदा निश्चल चौधरीले १६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिमले हार व्यहोर्यो । खुकुरीलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सुझाव थापाले ७ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए । यस्तै, इशान पाण्डेले २ तथा सन्देश थापा र अभिशेष गौतमले १–१ विकेट लिए । खेलमा सुझाव थापा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, माघ ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij