काठमाण्डाै , आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ३१ लाख रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बाग्लुङको ताराखोला गाउँपालिका–३ घर भई काठमाण्डौको महानगरपालिका–२६ सामाखुशी बस्ने ३४ वर्षीय तिलकबहादुर कार्की, प्यूठानको नौबहिनी गाउँपालिका–६ घर भई काठमाण्डौ महानगरपालिका–१४ बल्खु बस्ने ३६ वर्षीय हरिबहादुर विष्ट र स्याङ्जाको गल्याङ नगरपालिका–८ घर भई काठमाण्डौको टोखा नगरपालिका–८ बानियाँटर बस्ने ३४ वर्षीया जमुना परियार रहेका छन् ।
तिलकबहादुरले बेलायत पठाइदिने भन्दै १ जनाबाट १ लाख, हरिबहादुरले अमेरिका पठाइदिने भन्दै २ जनाबाट २ लाख र जमुनाले अस्ट्रेलिया पठाइदिने भन्दै ३ जनाबाट २८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो
प्रकाशित मिति : मंगलबार, माघ ८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्