JanataToday.com

Advertisment

SKIP THIS

एक्स्ट्राटेक मैदानमा “फ्लड लाइट”, एक महिनाभित्र लाइट जडान र परीक्षण गर्ने लक्ष्य : कुँवर

एक्स्ट्राटेक मैदानमा “फ्लड लाइट”, एक महिनाभित्र लाइट जडान र परीक्षण गर्ने लक्ष्य : कुँवर

बुटवल-रुपन्देही तिलोत्तमा नगरपालिकामा निमार्णाधिन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु हुन लागेको छ । मैदानमा जडान गरिने फ्लड लाइटका आवश्यक सामाग्री मैदानमा आइसकेको र शनिवारबाट जडानका काम सुरु गर्ने शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरि जनाइएको छ ।
गुल्मी निवासी अष्ट्रेलियमा बस्दै आएका विनोद कुवरको करिव ५० करोडको एकल लगानीमा २०८० साल जेठ २९ गते शिलान्यास गरी निर्माण सुरू गरिएको रंगशाला फ्लड लाइट जडान गरिने नेपालको पहिलो क्रिकेट मैदान बन्ने भएको छ । मैदानको शिलान्यास गरेको ९ महिनामा पिच तयार गर्दै क्रिकेट खेल्न मिल्ने मैदान निर्माण गरि फागुन २८ गते मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा ओवलका डाइरेक्टर कुवरले नेपाली क्रिकेटका लागि निकै महत्ववपूर्ण पहिलो काम गरिएको बताउदै अबको एक महिनाभित्र फल्ड लाईटपूर्ण रुपमा जडान भै डे नाईट म्याच खेलाउन सकिने अवस्थामा निमार्ण हुने घोषणा गरे । ‘एक महिनाभित्र लाइट जडान र परीक्षण गर्ने लक्ष्य छ,’ उनले भने, ‘एक्ट्राटेक ओभल फ्लडलाइट जडान भएको पहिलो क्रिकेट मैदान हुनेछ ।’

मैदान करीब ६० प्रतिशत काम पुरा भएको मैदानका निर्देशक कुँवरले बताए । २० महिनाको अवधिमा ६० प्रतिशत बढी काम र ५५ प्रतिशत लगानी भएको एवं पूर्व योजनामा नया काम थप भएका कारण लागत बढ्ने बताउदै निर्धारित पाच वर्ष अघि नै मैदान पूर्ण रुपमा तैयार हुने दाबी उनको छ ।
कुवरले स्टेडियम शिलान्यासपछि निर्माणको सन्दर्भमा फेरि निकै महत्वपूर्ण चरणमा आईपुगेका उल्लेख गर्दै स्टेडियममा फ्लड लाइट जडानको काम नेपाली क्रिकेटका लागि निकै पहिलो हुने जनाएका छन् ।
कुवरले भने–“अबको एक महिनाभित्र फ्लडलाईटपूर्ण रुपमा जडान भै डे नाईट म्याच खेलाउन सकिने छ ।” नेपालका लागि नयाँ काम भएका कारण यो अन्तराष्ट्रिय मापदण्ड अनुसार तयार गर्न निकै मेहेनत गर्नु पर्ने अवस्था रहेको उनले बताए ।  फ्लड लाइटको लागत करिव ७ करोड रहेको जनाइएको छ । फ्लड लाइट जडानको काम सकिएपछि प्याराफिट निर्माणको कामलाई तीब्रताका साथ अघि बढाउने कुवरको योजना रहेको छ । मैदानका फ्लड लाइटको कामसंगै अन्य भौतिक संरचना निर्माणको काम पनि अघि बढिरहेको छ । मैदानमा भीआईपी बक्स, प्लेयर बक्स, चेञ्जिंग रुम र मिडिया बक्ससहितको चार–चार तलाको २ वटा भवन बनिरहेको छ ।
जसमा अहिले तेस्रो तलाको काम भैरहेको छ, तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा पुगेको छ । मैदानको उद्घाटन गरिएपछि गत फागुनदेखि आजसम्म सो मैदानमा एक सय भन्दा बढी खेल भैसकेका छन् । सोहि मैदानमा नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली  र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले अभ्यास समेत गरेक थिए । स्थानिय क्लब तथा भारतबाट पनि केही क्लब स्तरीय टिम आएर यहाँ आएर खेलेको पनि कुवरले बताए ।
लगानीकर्ता कुवरले पहिलो वर्ष क्रिकेट मैदान, पिचसंग सम्बन्धित कामसहित पाँच हजार दर्शक क्षमताको रंगशाला बनाउने योजना गरेका थिए तर नेपालमा डे नाइट क्रिकेट खेलाउने अवस्था नभएको देखेर उनले प्याराफिटको कामलाई पछाडी धकेलेर फ्लड लाइटको काम अगाडी बढाएको बताएका छन् । उनले प्रत्येक वर्ष पाँच हजार दर्शक क्षमता बढाउँदै लगेर आगामी चार वर्षभित्र रंगशालालाई २५ हजार दर्शक क्षमताको बनाइने लक्ष्य राखेका छन् ।
रंगशाला निमार्णको सुरुवाती काममा आफै खटेका कुवर फ्लड लाइटको जडानमा पनि आफै खटेर गर्ने योजना सहित अष्ट्रेलियाबाट एक हप्ता अगाडी नेपाल आएका छन । नेपाल बसाईका क्रममा उनले प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल क्रिकेट संघका पदाधिकारीसंग पनि भेटगरि छलफल गरेको जनाएका छन् । गुल्मी घर भै अष्ट्रेलियामा बस्दै आएका विनोद कुँवर र उनकी श्रीमती सुदीक्षा गौतमले निजी लगानीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउछु भन्दै गर्दा धेरैलाई पत्यार लागेकै थिएन तर अहिले पौने ५ विघा जग्गामा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशालासहित एकेडेमीको भवन निमार्ण भईरहेको अवस्थाले आशंका  पुयाइदिएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij