JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा दोस्रो मेयर कप फुटबलको तयारी पुरा

बुटवलमा दोस्रो मेयर कप फुटबलको तयारी पुरा

बुटवलमा बिद्यालय स्तरीय दोश्रो मेयर कप छात्र ÷छात्रा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा फाल्गुन ५ गते सोमबारदेखि १० गतेसम्म चारपाला खेलमैदान र जबई खेलमैदानमा प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगितामा छात्र तर्फ २५ र छात्रा तर्फ १० विद्यालयको सहभागिता हुने बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनु भयो । प्रतियोगिताको छात्र तर्फ बिजेतालाई १ लाख र उपबिजेतालाई ६० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । यस्तै छात्रा तर्फ बिजेताले ६० हजार तथा उपबिजेताले ३० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले जानकारी दिनु भयो । फुटबल खेलको विकास तथा विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्ने लक्ष्य साथ सञ्चालन गरिएको प्रतियोगिता सम्पन्न गर्नको लागि १८ लाख १५ हजार खर्च लाग्ने अनुमान गरिएको संयोजक पियाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षमा नगर भित्र ५८ वटा प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिनु भयो । सर्वाधिक धनराशीको तिलोत्तमा गोल्डकपसहित राष्ट्रियदेखि विद्यालय स्तरका खेलकुदका गतिविधि सञ्चालनको लागि नगरले ४ करोड बजेट बिनियोजन गरेको जानकारी दिनु भयो । उपमहानगरले खेलकुदको पुर्वाधार बाहेक खेलकुदका गतिविधि सञ्चालनको लागि ४ करोड बजेटको ब्यवस्थापन गरेको मेयर पाण्डेयले बताउनु भयो । एन्फा एकेडेमीको मैदानसहित बुटवलमा ८ वटा फुटबलका खेलमैदान स्तरउन्नतीको लागि बजेटको ब्यवस्थापन गरेको उहाँले जानकारी दिनु भयो ।

यस्तै २०३३ सालदेखि सुरु भएको तिलोत्तमा गोल्डकपको २३ औं संस्करण सञ्चालनको लागि ४० लाख बजेटको ब्यवस्थापन गरेको बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij