तिलोत्तमा, रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आज (मङ्गलबार) ४४ जनाले रक्तदान
गरेका छन् ।
क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाईको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीको सहकार्यमा भएको कार्यक्रमा ४४ पिण्ट रगत सङ्कलन भएको ब्लड बैंकका प्राविधिक निरञ्जन राजभण्डारीले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा सरसफाई एकाइका संयोजक विन्दु आचार्यको अध्यक्षतामा भएको कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालले रक्तदातालाई ब्लड प्याकेट हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो ।
उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्