काठमाण्डौ , आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज बङ्गलादेश र न्युजिल्यान्ड खेल्दैछन् ।
समूह ए का बङ्गलादेश र न्युजिल्यान्डबीचको खेल पाकिस्तानको रावलपिन्डीमा दिउँसो पौने ३ बजे शुरू हुने छ । बङ्गलादेश यसअघिको खेलमा भारतसँग पराजित भएको थियो भने न्युजिल्यान्डले पाकिस्तानलाई हराएको थियो ।
दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ए मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह बी मा छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्