JanataToday.com

Advertisment

SKIP THIS

होर्डिङ बोर्डका नाममा शुल्क उठाउने काम बन्द गर्न बुटवलका व्यवसायिक संघसंस्थाको माग

होर्डिङ बोर्डका नाममा शुल्क उठाउने काम बन्द गर्न बुटवलका व्यवसायिक संघसंस्थाको माग

बुटवल- बुटवलका व्यवसायिक संस्थाहरुले बुटवल उपमहानगरपालिकाले ठेक्का लगाएको विज्ञापन कर कानुनी रुपमा त्रुटीपूर्ण, अव्यवहारिक र अबैज्ञानिक रहेकाले तत्काल खारेज गर्न माग गरेका छन् । उक्त अब्यवहारिक ठेक्का तत्काल खारेज नगरे उद्योगी ब्यबसायिको सहभागितामा कडा आन्दोलन गर्ने चेतावनी दिँदै गैरकानुनी रुपमा उठाइएको कर नतिर्न सबै व्यवसायीलाई आग्रह गरेका छन्
बुटवलका उद्योगी व्यवसायीले बुटवल उपमहानगरपालिकाले व्यवसायिक चिनारीका लागि राखिएका होर्डिङ बोर्डका नाममा कर असुलेर ज्याजदी गरेको गुनासो गर्दै आएका थिए ।

उपमहानगरपालिकाले गैरकानुनी र अब्यवहारिक रुपमा पसल तथा उद्योगहरुमा राखिएका होर्डिङ वोर्डका नाममा शुल्क उठाउन ठेक्का दिएर आफुहरुलाई ठेकेदारका मान्छेले ज्यादती गरेको भन्दै ज्यादतीको प्रतिरोध गर्ने र होर्डिङ बोर्डको कुनैपनि कर नदिने बताएका छन् ।
बुधबार बुटवलमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघ बुटवलले पत्रकार सम्मेलन गरी पसल तथा उद्योगहरुको चिनारीका लागि राखिएका होर्डिङ बोर्डहरुका कर नतिर्ने चारवटै संघका अध्यक्षहरुले बताएका छन् ।

बुटवल उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायिक प्रतिष्ठान तथा पसलहरुको चिनारीका लागि राखिएका होर्डिङ वोर्डका विज्ञापन कर असुल गर्ने काम नरोक र उठाउन खोजे त्यसको प्रतिकार गर्ने बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्क्यष दिलिप सापकोटा, रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारी र उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णु पाण्डेयले चेतावनी दिएका छन् ।

होर्डिङ वोर्डका नाममा रकम अशुलेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाउदै आर्थिक मन्दीको अवस्थामा विज्ञापन करको नाममा रकम अशुल्ने व्यवहारिक नभएको उनीहरुले बताएका छन् ।
बुटवल उपमहानगरपालिकाले ठेक्कामार्फत बिज्ञापन कर उठाउने ठेक्का लिएको गणेश एण्ड सन्स कन्ट्रक्सनबाट विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानहरुमा अशिष्ट र अभद्र व्यवबहार गर्नुका साथै तोडफोड गरेर ज्यादतीपूर्ण व्यबहार गरेको उद्योगी व्यवसायीले गुनासो गरेका छन् ।

वोर्डहरुको तोडफोग गर्दा क्षती भएकाले उक्त क्षतीको उचित क्षतिपूर्ति दिन उद्योगी व्यवसायीले बुटवल उपमहानगरपालिकासंग माग गरेका छन् । ठेक्का र त्यसको निर्णय प्रक्रियाका विषयमा व्यवसायिक संस्थाहरुको सहभागितामा कर उगाउने निर्णय भएकोे बुटवल उपमहानगरपालिकाले बताएको छ । तर व्यवसायिक संस्थाहरुका अध्यक्षहरुले भने बैठकमा सहभागितामा हस्ताक्षर गरिएको र निर्णय भएको माइनुटमा हस्ताक्षर नगरिएको बताएका छन् ।

होर्डिङ बोर्डका नाममा शुल्क उठाउने काम नरोकिए व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रने बुटवलका उद्योगी वयवसायीले चेतावनी दिएका छन् । यस अघि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारी र उद्योग व्यापार संघका अध्यक्ष विष्णु पाण्डेले बुटवल उपमहानगरपालिकालाई २०८१ असार २ गते र फागुन १३ गते ज्ञापन पत्र बुझाएका थिए ।

यस विषयमा बुटवल उपमहानग।पालिकाका प्रमुख खेलराज पाण्डेयले कुनै पनि उद्योगी, व्यवसायिको हितबिपरित काम नभएको र नगरवासीको हितबिपरित काम नगरिने बताए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij