JanataToday.com

Advertisment

SKIP THIS

पत्रकार महासंघ रुपन्देहीले फुटसल प्रतियोगिता आयोजना गर्ने

पत्रकार महासंघ रुपन्देहीले फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल, नेपाल पत्रकार महासंघ रुपन्देहीले ७०औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
स्थापना दिवसको अवसरमा सञ्चारसंस्थाहरुका बीचमा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता र संघसंस्थाहरुका बीचमा शाइन रेसुंगा कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्न लागेको महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले जानकारी दिए।
ुप्रतियोगिताले सञ्चारसंस्थाहरु र पत्रकारहरुका बीचमा आपसी सम्बन्ध विस्तार गर्न मदत पुर्‍याउनेछ। साथै, व्यवसायिक र पेशागत संघसंस्थाहरूबीच आपसी भाइचारा, सहकार्य, र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने हाम्रो विश्वास  छ उनले भने।
उनका अनुसार यो प्रतियोगिताबाट बचत भएको रकम नेपाल पत्रकार महासंघ रुपन्देहीको पत्रकार कल्याणकारी कोष, लेखनवृत्ति कोष, सुत्केरी कोष र खेलकुद पत्रकारिता पुरस्कार कोषमा जम्मा गरिनेछ।

यही चैत १६ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगिताअन्तरगत १६ गते मिडिया कप र १७ र १८ गते कर्पोरेट कप आयोजना हुने सचिव सी।पी। खनालले जानकारी दिए।
बुटवल ११ देवीनगर नमूना पथस्थित ग्रीनफिल्ड फुटसल कोर्टमा हुने प्रतियोगितामा ११ वटा सञ्चार संस्थाहरु सहभागी हुने उनले बताए। प्रतियोगिता संयोजक सहसचिव सुमन श्रेष्ठका अनुसार लुम्बिनी टेलिभिजन, लुम्बिनी अनलाइन, सबलपोष्ट डट कम, बुद्ध टेलिभिजन, ग्लोबल आवाज, राज्य टेलिभिजन, मेचीकाली दैनिक, गर्जन पोष्ट, बुटवल टुडे दैनिक, तिलोत्तमा सिटी न्युज् र समता टेलिभिजनले टीम दर्ता गराएका छन्।

कर्पोरेटतर्फ टीम दर्ताका लागि १२ गते सम्म समय रहेकाले संघसंस्थाको टीम दर्ताको कार्य चलिरहेको उनले बताए। प्रतियोगितामा मिडिया कपका बिजेताले १७ हजार ७ सय ७७ र ट्रफी प्राप्त गर्नेछन् भने उपबिजेताले ७ हजार ७ सय ७७ र अन्य विधागत पुरस्कार रहेको संयोजक श्रेष्ठले बताए।
यस्तै कर्पोरेटतर्फ बिजेताले २५ हजार र ट्रफी तथा उपबिजेताले १५ हजार र ट्रफी प्रदान गरिने उनले बताए। बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रवर्द्धकमा तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका रहेका छन्।

प्रतियोगितामा सहभागी सबै खेलाडीको बीमा गर्ने व्यवस्था गरिएको उनले बताए।

प्रकाशित मिति : सोमबार, चैत्र ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij