काठमाण्डौ – हिजो ५८ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १३ अङ्कले बढेर २ हजार ६ सय २१ दशमलव ८६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यस्तै फाइनान्स, होटल, जलविद्युत्, लगानी, निर्जीवन बीमा समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज माउन्टेन हाइड्रो नेपाल, श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको शेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १८ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका ९१ लाख ४२ हजार कित्ता शेयर ४ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्