JanataToday.com

Advertisment

SKIP THIS

सन् २००९ को टिमलाई महिला लेजेण्ड टी–ट्वान्टी सिरिज

सन् २००९ को टिमलाई महिला लेजेण्ड टी–ट्वान्टी सिरिज

भैरहवा,   पूर्व महिला क्रिकेट खेलाडीहरुबीच भैरहवामा सम्पन्न ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सन् २००९ को टिमले हात पारेको छ । मुलुकमै पहिलोपटक महिला लेजेण्डबीच भैरहवामा दुई दिवसीय स्पर्धा भएको थियो । जसमा दुबै खेल जित्दै सन् २००९ को टिमले सिरिज आफ्नो पक्षमा पारेको हो । मंगलबार सिद्धार्थ क्रिकेट मैदान, भैरहवामा सम्पन्न सिरिजमा सन् २००९ को लेजेण्ड महिला टिमले सन् २००७ को टिमलाई ८१ रनले पराजित गर्दै सिरिज हात पारेको हो ।

टस जितेर ब्याटिङ गरेको सन् २००९ ले निर्धारिता २० ओभरमा ६ विकेटको नोक्सानी १ सय ४१ रन बनायो । जसमा करुण भण्डारीले ३२, रितु कनौजियाले २९, सोनु खड्काले २८, एन्जिला पाठकले ११ तथा नीमा तामाङ र खिनाकुमारी थापाले समान १०–१० रन बनाए । बलिङमा सन् २००७ का नेरी थापा मगरले ३, सुस्मिता चौधरीले २ र नितु थापाले १ विकेट हात पारिन् ।

जवाफमा सन् २००७ को टिम ८ विकेट गुमाएर ६८ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि निरा राजउपाध्यायले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा सन् २००९ को टिमकी सरस्वती पुन र सीता शाहीले २–२, तथा रितु कनौजिया र करुणा भण्डारीले समान १–१ विकेट लिए ।

प्रतियोगितामा सन् २००८ की करणा भण्डारीलाई बेष्ट बलरको पुरस्कार प्रदान गरिएको थियो । यस्तै, सहभागी सबै खेलाडीहरुलाई मायाको चिनोले प्रोत्साहन गरिएको आयोजकले जनाएका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिरिज भएको हो ।

सन् २००७ र २००९ मा खेलेका पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टिम बनाएर सिरिज आयोजना गरिएको थियो । नेपालमा पुरुष लेजेण्ड क्रिकेट हुँदै आए पनि महिला लेजेण्ड क्रिकेट भने पहिलोपटक गरिएको हो ।

प्रकाशित मिति : मंगलबार, चैत्र २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij