काठमाडौं । प्रकाश सपुत र स्वस्तिमा खड्का स्टारर सोसल ड्रामा ‘वसन्त’ले घरेलु बक्सअफिसमा सुस्त गतिमा ब्यापार गरिरहेको छ । पहिलो सप्ताहन्त ओपनिङ अपेक्षाभन्दा न्यून देखिएको संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा उल्लेख छ ।
शुक्रबार रिलिज भएको फिल्मले प्रदर्शनको ५ दिनसम्म देशब्यापी १ करोड १६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मको जुन स्टारकास्ट र प्रि(रिलिज हाइप थियो, त्यो भन्दा यो आँकडा कम हो ।
यद्यपि, फिल्मले सुखद कमाइ भने गरिरहेको छ । हेरेकाले पनि फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । गायक समेत रहेका सपुतको यो डेब्यु फिल्मले काठमाडौं बाहिरका हलमा समेत सुखद अकुपेन्सी लिएको देखिएको छ ।
सपुतकै निर्देशन रहेको फिल्मले जातीय समानताको कुरा भन्छ । गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सपुतले आफ्नै नीजि अनुभवलाई पटकथाको स्वरुप दिएका छन् ।
प्रकाशित मिति : बुधबार, चैत्र २७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्