काठमाण्डौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दुम्कीबासमा रहेको विनयी खोलामा नव निर्मित पुलबाट गाडी चल्न शुरु भएको छ । विनयी खोलाको पक्की पुल कालोपत्र गरेर गाडी सञ्चालनका लागि तयार भएपछि आजदेखि सञ्चालनमा ल्याएको नारायणगढ–बुटवल सडक आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिनुभयो ।
यो पुलबाट सामानसहित ४० टनसम्म भार भएका गाडी मात्रै चल्न पाउनेछन् । पुल सञ्चालनमा आएसँगै विनयी खोलामा डाइभर्सन बनाएर गाडी चलाउनुपर्ने बाध्यता हटेको छ । यसअघिको पुरानो पुल गएको पुस २६ गते भाँचिएपछि डाइभर्सन बनाएर गाडी चल्दै आएका थिए ।
साना गाडीलाई वैकल्पिक सडकबाट पठाए पनि मालबाहक गाडी डाइभर्सनबाटै पार गर्नुपर्ने बाध्यता थियो । तर पटक–पटक डाइभर्सन बगाउँदा समस्या भइरहेको थियो । यही असार ६ गते विनयी खोलामा यात्रुबाहक बस फस्दा ३८ जना यात्रुको उद्धार गर्नुपरेको थियो ।
विनयी खोलामा पुल बनेपछि केही सहज भए पनि दाउन्ने क्षेत्रमा सडक विस्तारको काम भइरहेकोले त्यो पूर्ण नहुँदासम्म यात्रुले समस्या झेल्नुपर्ने अवस्था छ । बर्दघाटदेखि दुम्कीबासबीचको १४ किलोमिटर सडकखण्डमध्ये बर्दघाट तर्फ तीन किलोमिटर सडक कालोपत्र भइसकेको छ ।
प्रकाशित मिति : बिहिबार, असार १९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्