JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही प्रहरीले करिब चार लाख बराबरका भन्सार छलिका बिभिन्न अबैध सामान बरामद

रुपन्देही प्रहरीले करिब चार लाख बराबरका भन्सार छलिका बिभिन्न अबैध सामान बरामद

तिलोत्तमा , रुपन्देही प्रहरीले करिब चार लाख बराबरका भन्सार छलिका बिभिन्न अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी तथा पैठारी गरेको अबस्थामा ३ लाख ७० हजार ६०० रुपैयाँ मुल्य बराबरको सामान बरामद गरेको जनाएको छ ।

प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ नन्दनगरबाट बैखी जातको माछा ६० किलो सहित लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ सुक्रौलीका ३२ बर्षिय शैलेश हरिजन, सोही ठाँउ बस्ने बर्ष ३२ कै रामकेश लोध र उनीहरुले प्रयोग गरेको लु १५ प ९९२४ र UP 55 H 2734 नं को मोटरसाइकल बरामद गरेका जनाएको छ । बरामद गरिएका माछा, मोटरसाइकल , मानिस सहित आबश्यक कारबाहिका लागि पशु क्वारेन्टाइन चेकपोष्ट बेलहिया बुझाइएको प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी गराउनु भएको छ ।

त्यस्तै , इलाका प्रहरी कार्यालय बेलहिया बाट खटिएको प्रहरी टोलीले सिद्र्धाथनगर नगरपालिका वडा नं १ वाइपास क्षेत्रबाट ६० पिस लेडिज टप्स , १८ केजी चियापत्ति, १ सय २० केजी चिनी , ३ कार्टुन रेडबुल र किराना सामान गरी ७० हजार बराबरको सामान बरामद गरी सामान सहित आबश्यक कारबाहिका लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको रुपन्देही प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी सुरज कार्कीले बताउनु भयो ।

त्यसैगरी, प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाँउपालिका वडा नं ३ तिर्लोकपुरबाट एक बोरा मटर र अडहरको बिउ २ बोरा गरी जम्मा २२ हजार रुपैया बराबरको सामान बरामद गरेको छ ।

साथै प्रहरी चौकी पिप्रहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रोहिणी गाँउपालिका वडा नं ६ बिष्णुपुराबाट लु ३८ प ६६६८ नं को मोटरसाइकलमा ल्याउँदै गरेको ५ वटा बाख्रा सहित रोहिणी गाँउपालिका वडा नं ७ पोखरभिण्डी बस्ने ५५ बर्षीय हद्दिश मोहम्मद र सोही ठाँउ बस्ने बर्ष ३५ को सद्धाम हुसेनलाई नियन्त्रणमा लिइ भैरहवाभन्सार कार्यालय बेलहिया बुझाइएको कार्कीले बताउनु भयो ।

 

 

प्रकाशित मिति : बुधबार, असार २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij