हन्ड्रेड पुरुष प्रतियोगिता आजदेखि बेलायतको लर्ड्समा शुरू हुँदै

हन्ड्रेड पुरुष प्रतियोगिता आजदेखि बेलायतको लर्ड्समा शुरू हुँदै

काठमाण्डौ , हन्ड्रेड पुरुष क्रिकेट प्रतियोगिता २०२५ आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल इङ्ग्ल्यान्डको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ११ बजे शुरू हुनेछ ।

लन्डन स्पिरिट र ओभल इनभिन्सिबल्स बीच रोचक प्रतिस्पर्धा हुने अनुमान छ । लन्डन स्पिरिटको कप्तानी न्युजिल्यान्डका केन विलियमसनले गर्नेछन् ।

ओपनिङमा अष्ट्रेलियाका डेभिड वार्नर र इङ्ग्ल्यान्डका कीटन जेनिङ्स रहने सम्भावना छ । ओभल इनभिन्सिबल्सको कप्तानी तथा विकेट किपिङको जिम्मेवारी साम बिलिङ्सले सम्हाल्ने छन् ।

उद्घाटन खेलले हन्ड्रेड प्रतियोगिताको लय निर्धारण गर्नुका साथै दुवै टोलीको रणनीति, तयारी र खेल कौशलको परीक्षण गर्नेछ । सन् २०२१ बाट यो प्रतियोगिता आयोजना हुन शुरू भएको हो ।

प्रकाशित मिति : मंगलबार, साउन २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij