JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उद्योग वाणिज्य संघद्वारा नयाँ सरकारलाई बधाई : व्यवसायिक वातावरण निर्माणमा जाेड

बुटवल उद्योग वाणिज्य संघद्वारा नयाँ सरकारलाई बधाई : व्यवसायिक वातावरण निर्माणमा जाेड

बुटवल -बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई ज्ञापन गर्दै व्यवसायिक वातावरण निर्माणमा जाेड दिएकाे छ । देशमा सुशासन, पारदर्शिता र सामाजिक न्याय कायम गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने संकल्प पूरा गर्ने कुरामा सफलता मिलाेस भन्ने पनि कामना गरिएकाे छ ।
संघले शनिबार एक विज्ञप्ती जारी गरी जेन-जी आन्दोलनका क्रममा देखिएका असामाजिक गतिविधि, अराजकता, तोडफोड, हिंसात्मक गतिविधि र व्यवसायिक प्रतिष्ठानमाथि भएका आक्रमणप्रति गम्भीर चिन्ता प्रकट गरिएको छ । यस्ता गतिविधिले निजी तथा व्यवसायिक क्षेत्रमा नकारात्मक प्रभाव पार्ने भन्दै संघले आगामी दिनमा यस्ता गतिविधि रोक्न आवश्यक नीति तथा सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
‘जेन-जीको शान्तिपूर्ण आन्दोलनमा अवान्छित, अराजक र ध्वँसकारीहरुको घुसपैठबाट अत्याधिक मात्रामा सामरिक, पुरातात्वीक, सार्वजनिक सम्पत्ति, व्यवसायिक पसल, कारखाना तथा पर्वाधार, निजी सम्पत्तिमा समेत भएको तोडफोड, आगजनी तथा लुटपाटले निजी क्षेत्रलाई भस्काएको छ ।’ संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएकाे छ-‘ कोभिड-१९ पछिको आर्थिक मन्दीबाट संहालिन नपाउंदै, हालैको भौतिक संरचनामा भएको आगजनी, तोडफोड तथा लुटपाटले निजी क्षेत्रको मनोबल खस्केको अवस्था छ, यसप्रकारको निजी व्यवसायिक सम्पत्तिमाथिको आक्रमणले लगानीको वातावरणमा नकारात्मक प्रभाव परी अर्थतन्त्रमा थप क्षति पुगने निशिचत छ ।’
संघले प्रभावित व्यवसायी तथा उद्योगीहरूको उचित क्षतिपूर्ति, सार्वजनिक सम्पत्तिको सुरक्षा, व्यवसायिक प्रतिष्ठानमा हुने आक्रमण रोकथाम, र बीमा कम्पनीमार्फत क्षतिपूर्ति प्रक्रिया सहज बनाउन सरकारसँग आग्रह गरेको छ ।
व्यवसायी तथा उद्योगीहरूलाई आफ्नो व्यवसाय र उद्योग प्रतिज्ञापूर्वक सञ्चालन गर्दै व्यवसायिक वातावरण निर्माणमा सहकार्य गर्न आह्वान गरिएकाे छ । संघले संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्दै शान्ति, पारदरसीता र दिगो व्यवसायिक वातावरण बनाउन सरकार, सरोकारवाला निकाय र सम्पूर्ण पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij