ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा सहचालकको ज्यान गयो

ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा सहचालकको ज्यान गयो

गुल्मी, गुल्मीको मदाने गाउँपालिका–१ कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय मेघराज पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रा १ त ३५०२ नम्बरको ट्याक्टर उकालोमा ब्याक हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभयो । ट्याक्टर चालक मदाने गाउँपालिका–१ अग्लुङ का २२ वर्षीय निमन चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij